Prabhu Bank

एएफसी एसियन कप छनोट खेल्न नेपाली फुटबल टोली कतार जादैँ

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-११
  • |
  • 5 पटक हेरिएको

नेप्लेज, ११ चैत । एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत यमनविरुद्धको दोस्रो लेग खेल्न नेपाली राष्ट्रिय फुटबल टिम आज कतार प्रस्थान गर्ने भएको छ ।

सोलिडारिटी कप विजेताको हैसियतमा तेस्रो चरणको छनोटमा प्रवेश पाएको नेपालले यस अघिका पाँच खेलमा जित हात पार्न नसकेपछि छनोट हुने सम्भावना भने यसअघिनै सकिएको थियो । समूहको पाँच खेलबाट यमनको ७ अंक छ ।

हलचोक स्थित मैदानमा भएको पहिलो लेगमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्दै १ अंक जोडेको छ ।

नेपाल र यमनवीचको खेल कतारको दोहामा मंगलबार हुनेछ । २० सदस्यीय नेपाली टिममा गोलरक्षकहरु किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने छन् ।

डिफेन्डरहरुमा विराज महर्जन, रजिन धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी, आदित्य चौधरी र देवेन्द्र तामाङ छन् ।

यस्तै मिडफिल्डरहरु रोहीत चन्द, विशाल राई, सुजल श्रेष्ठ, अञ्जन विष्ट, सुनिल वल, हेमन गुरुङ र हेमन्त थापामगर छन् ।

यस्तै स्ट्राइकरमा विमल घर्तिमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र सुमन लामा छन् ।
आज कतार जान लागेको नेपाली टिमलाई शुक्रबारनै अखिल नेपाल फुटबल संघ एन्फाले विदाई गरेको थियो ।

भर्खरै

Advertisement