Prabhu Bank

जोकोभिच र फेडेरर मायामी ओपन टेनिसबाट बाहिर

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-११
  • |
  • 3 पटक हेरिएको

शिर्ष बरियताका रोजर फेडेरर र नोभाक जोकोभिच अमेरीकामा जारी मायामी ओपन टेनिसबाट बाहिरीएका छन ।

मायामीको फ्लोरीडामा भएको खेलमा जोकोभिच फ्रेन्च खेलाडी बनोइट पिएरीसँग दुई शुन्यको सोझो सेटमा पराजित भए ।

६ पटकका च्याम्पियन जोकोचिभ तल्लतो बरियताका बेनाइटसँग पहिलो सेटमा ६–३ र दोस्रो सेटमा ६–४ ले पराजित हुँदै दोस्रो चरणबाट बाहिरीए ।

अर्को खेलमा विश्व बरियतामा शिर्ष स्थानमा रहेका रोजर फेडेरर पनि अष्ट्रेलियाका थानसी कोकोनोकीससँग दुई एकको सेटमा पराजित भए ।

विश्व बरियतामा एक सय ७५ औ स्थानमा रहेका थानसीसँग फेडेरर ३–६, ६–३ र ७–६ को सेटमा हार्न पुगे ।

३६ बर्षे फेडेरर यो हारपछि विश्व बरियताको शिर्ष स्थान पनि गुमाउने भएको छन । गत महिना राफेल नाडाललाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएका फेडेरर गत साता इन्डियाना वेल्समा पनि उपाधि जित्न सकेका थिएनन।

भर्खरै

Advertisement