१३ औं सागको कार्यविधि पारित, समिति उपसमितिले अब पूर्णता पाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-३०
  • |
  • 341 पटक हेरिएको

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि आवश्यक पर्ने महत्वपूर्ण दस्तावेजको रुपमा रहेको ‘साग सञ्चालन कार्यविधि’ पारित गरेको छ ।

मन्त्रिपरिषद्को गत विहीबार बसेको बैठकले कार्यविधि पारित गरेको हो । कार्यविधि पारित भएसँगै अब प्रतियोगिताका लागि आवश्यक पर्ने तयारी गर्न बाटो खुलेको छ ।

कार्यविधिले समिति उपसमितिलाई पूर्णता दिने लगाएतका कुराका साथै आर्थिकका विषयमा स्पष्ट निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सेनाले नेप्लेजलाई जानकारी दिए ।

उनले भने ‘यसअघि कार्यविधि नहुँदा तयारी गर्न अप्ठेरो परेको थियो अब सबै बाटो खुल्ला भएको छ ।’ तयारी समितिले साग आयोजनाका लागि ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार बजेट माग गरेको थियो ।

मंसिर १५ गतेदेखि २४ गतेसम्म नेपालमा प्रतियोगिता आयोजना गर्ने भनेर मिति तय भइसकेको छ । यसैगरी प्रतियोगिताको मुख्य स्थलको रुपमा रहेको त्रिपुरेश्वरको दशरथ रंगशाला पुनर्निर्माणको अन्तिम चरणमा रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey