Prabhu Bank

अार्मीलार्इ रग्बी लिगकाे उपाधि

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१०
  • |
  • 0 पटक हेरिएको

चैत १०, काठमाडौं । गोर्खाली रग्बी क्लबलाई हराउँदै नेपाल आर्मी पुरुष क्लब रग्बी लिगमा च्याम्पियन भएको छ ।

शनिबार भएको फाइनलमा आर्मीले गोर्खालीलाई ७–३ स्कोरले हराउँदै उपाधि रक्षा ग¥यो । गत वर्ष पनि आर्मीले गोर्खाली रग्बी क्लबलाई हराउँदै उपाधि जितेको थियो । दुर्इ विदेशी खेलाडीसहित उत्रिएको गोर्खालीले आफू लिएको अग्रता जोगाउन नसक्दा हार बेहा¥यो ।

पहिलो हाफ (२५ मिनेट)मा दुवै टोली स्कोररहित बराबरीमा रोकिए । तर, दोस्रो हाफको सुरुआतमै गोर्खालीले अग्रता लियाे । दोस्रो हाफको ४२औँ मिनेटमा गोर्खालीका लागि पेनाल्टी अवसरमा विदेशी खेलाडी कनर मर्फीले कनभर्जन किक गर्न सफल भएपछि ३–० को स्कोरसहित अग्रता लियो ।

तर, त्यसको ५ मिनेटपछि नै आर्मीका लागि जनक वाइबाले ट्राइ(५ स्कोर) गर्न सफल भए । त्यसलगत्तै पाएको कनभर्जनमा सन्जय अधिकारी सफल भएपछि आर्मीले २ स्कोर थप्यो ।

तर, बाँकी समयमा गोर्खालीले स्कोर गर्न नसकेपछि आर्मी ७–३ स्कोरसहित च्याम्पियन भयो । जितसँगै आर्मीले ट्रफी प्राप्त ग¥यो । आर्मीका कविराज नेवार बेस्ट प्लेयर घोषित भए । उपविजेतामा सीमित गोर्खालीका निसान श्रेष्ठ राइजिङ प्लेयर घोषित भए ।

तेस्रो स्थानको लागि भएको खेलमा धुलिखेलको आकास भैरब क्लबले हिमालयन टाइगरमाथि १३–५ ले जित हात पा¥यो ।

आकाश भैरबका लागि श्रीराम श्रेष्ठले २ ट्राई गरेका थिए । हिमालयन प्रतियोगितामा अनुशासित टिम बन्न सफल भयो । प्रतियोगिताका विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ, महासचिव चेतनराज गिरी र सचिव गोविन्दबहादुर घिमिरे लगायतले पुरस्कृत गरे ।