राष्ट्रिय हक्कीको उपाधि आर्मीले उचाल्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१०
  • |
  • 194 पटक हेरिएको

चैत्र १० । जनकपुरमा सम्पन्न राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि विभागिए टिम त्रिभुवन आर्मीले जितेको छ । फाइनलमा सुदुरपश्चिमलाई ३–० गोलले हराउँदै आर्मीले उपाधि उचालेको हो ।

आर्मीको जितमा म्यान अफ द म्यान बनेका राम शाहले दुई गोल गरे । एकतर्फि जस्तै बनेको खेलको २३ औ मिनेटमा नै राम शाहले आर्मीका लागि पहिलो गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्मीले ५० औ मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो । आर्मीका लागि यसपटक प्रदिप राजवंशीले गोल गरे ।

त्यसपछि ५३ औ मिनेटमा पुनः राम शाहले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । बांकि समयमा सुदुरपश्चिम खेलमा फर्कन सकेन र आर्मीले उपाधि उचाल्यो ।

उपाधिसँगै आर्मीले ५० हजार रुपैयाँ पायो भने उपविजेता सुदुरले २५ हजारमा चित्त बुझायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey