काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दोमा अञ्जलीलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२८
  • |
  • 288 पटक हेरिएको

काठमाडौं, भदौ २८ । नेपालकी अञ्जली राईले तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा शनिबार सम्पन्न फाइटतर्पm जुनियर महिला ५२ केजीमुनि नेपालकी अञ्जली राईले स्वर्ण जितेकी हुन् । अञ्जलीले फाइनलमा नेपालकै जमुना मल्ललाई हराइन् । यस तौलसमूहमा नेपालका अनीषा बखाती र कविता तामाङ तेस्रो भए ।

युनाइटेड तेक्वान्दो डोजाङको आयोजना भएको च्याम्पियनसिपको दोस्रो दिन क्याडेटको फाइटतर्पm नेपालका शिव परियार र आर्नब ढुङ्गानाले पनि स्वर्ण पदक जितेका छन् । शिवले ४१ केजीमुनि फाइनलमा नेपालकै रवि चौधरीलाई हराउँदै स्वर्ण जिते । सोही विधामा भारतका कौशल कुमार र सोयब खानले कांस्य पदक प्राप्त गरे । आर्नब भने २९ केजी तौलसमूहमुनी नेपालका नर्तुअ केसीलाई हराउँदै स्वर्ण जित्न सफल भए ।

यस विधामा भारतका भक्ती सिंह र नेपालका रोजिसा खड्काले कांस्य पदक जिते ।क्याडेट महिला २६ केजीमुनि नेपालकी रोस्नी तामाङले स्वर्ण जित्न नेपालकै नोजमी बिमोलीलाई हराइन् । यस तौलमा नेपालकै खेलाडीको वर्चस्व रहँदा प्रेक्षा श्रेष्ठ र ललिता शाहीले कांस्य जितेका थिए । पुम्सेतर्पm जुनियर महिलाको कलर बेल्टमा विदेशी खेलाडी हाबी हुँदा अमेरिकाकी सोफिया तान्जीले स्वर्ण जितिन् ।

सोफियाले फाइनलमा क्यानडाकी इलिसेभा तुर्किङ्टनलाई हराइन् । अमेरिकाकै ओया सुलेले भने कांस्य पदकमा जित्दा बुझाइन् । यस विधाको पुरुषतर्पm नेपालका सुमित महर्जनले स्वर्ण जित्दा आफ्नै देशका सुप्रसिद्ध शाहीले हराए । क्यानडाका स्यामुल तुर्किङ्टन र अमेरिकाका आर्यन केभिन कांस्य पदकमै सीमित भए ।

पुम्से सिनियर पुरुष कलर बेल्टमा नेपालका सनयूग शाक्यले स्वर्ण जित्दा नेपालका रोमन शाक्यलाई पछि पारे । नेपालका प्रभात श्रेष्ठ र भारतका युवराज सिंहले कांस्य पदकमा चित्त बुझाए ।

यु–१५ उमेर समूहको जोडी पुम्सेमा मलेसियाका केभिन खो चियमिङ र सिरेल सी जिन पिङको जोडीले सफलता प्राप्त गरे । मलेसियन जोडीले फाइनलमा नेपालका प्रशान्त तामाङ र विनिता लामाको जोडीलाई पछि पारेका थिए । गत शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिप आगामी भदौ २९ गते सञ्चालन हुनेछ । च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

टाइगर्स ब्रुअरी प्रालिको मुख्य प्रायोजनमा सञ्चालित च्याम्पियनसिपमा नेपालका सातै प्रदेशबाट ६ सय ५० र अन्य १३ राष्ट्रबाट दुई सय १५ खेलाडीले एक सय १४ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् । च्याम्पियनसिपमा दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, भुटान तथा दक्षिण एसियाबाहिरका दक्षिण कोरिया, मलेसिया, जापान, मकाउ, चीन, अस्ट्रेलिया, जर्मनी, अमेरिका र क्यानडाका खेलाडीले ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गरेका छन् ।

च्याम्पियनसिपको फाइटमा क्याडेटतर्पm पुरुष तथा महिला दुवैमा आठ तौल समूह, जुनियर (१५ देखि १७ वर्ष) तर्फ पुरुष र महिलाले सात तौलसमूह, सिनियरको महिला र पुरुषमा आठ तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey