पोखरामा फुटबल र क्रिकेटको ‘लेभल टू’ प्रशिक्षण

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१०
  • |
  • 457 पटक हेरिएको

चैत १०, कास्की । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा पोखरामा सम्पन्न फुटबल र क्रिकेटको लेभल टू प्रशिक्षणमा ८२ जना खेलाडीले लाभ लिएका छन् ।

पोखरामा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुदसँगै सैद्धान्तिक ज्ञान प्रदान गर्ने र ग्रासरुटबाट नै खेलाडी उत्पादन गर्ने उद्धेश्य कार्यक्रमको हो । प्रशिक्षणमा फुटबल तर्फ ६२ र क्रिकेटमा २० जना ६ देखि १६ वर्ष उमेर समुहका बालबालिकाहरुको सहभागिता थियो ।

फुटबल प्रशिक्षणमा सहभागी मध्ये किशोर आले मगर प्रथम, शितल तिमिल्सिना द्वितिय र शुसान्त भुजेल तृतिय भए । क्रिकेट तर्फ ‘लेवल टु’मा सफल श्रेष्ठ प्रथम र सुमन पन्त द्वितिय भए । फुटबलको लेवल वनमा मिलन चन्द प्रथम, सुमित बास्तोला द्वितिय र अंगत हिराचन तृतिय भए ।

लेवल वन र लेवल टु को प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रतीले खेलकुद र शिक्षालाई जोड्दै बालबालिकालाई वैज्ञानिक ढङ्गले प्रशिक्षित गर्न प्रतिष्ठानले प्रशिक्षण कार्यक्रमलाई महत्वका साथ अगाडी वढाएको बताए । उनले पोखरामा फुटबल, क्रिकेट र टेबलटेनिस खेलको प्रशिक्षणलाई यथासिघ्र अगाडी बढाइने जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, विज्ञान प्रतिष्ठानका निर्देशक उप्रेती लगाएतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

यसै क्रममा खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रतीले प्रशिक्षण्का दौरान एक बर्षका लागि आवश्यक फुटबल, क्रिकेट र टेवल टेसिका खेल साभाग्री पश्चिमाञ्चल खेलकुद विका समितिका अध्यक्ष खगराज पोडेललाई हस्तान्तरण गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey