आर्मी फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२८
  • |
  • 181 पटक हेरिएको

प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले फाइनलमा स्थान बनाएकाे छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई ३-१ को सेटमा पाखा लगायाे । आर्मीले गण्डकीलाई २५-१९,२५-२१, १९-२५ र २५-१७ को सेटमा हराउँदै उपाधि नजिक पुगेकाे हाे ।

अब आर्मीले उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey