तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियसिप सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१०
  • |
  • 241 पटक हेरिएको

चैत १०, ढाका । तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियन्सीप आजबाट बंगलादेशमा सुरु भएको छ ।

बंगलादेशको ढाका स्थित बीकेएसपी कम्पाउण्डमा आयोजित एक विषेश समारोहकावीच प्रतियोगिताको उद्घाटन भएको छ ।

नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका खेलाडीहरुले सहभागिता रहेको प्रतियोगिताका औपचारिक खेल भने आइतबारबाट सुरु हुनेछ ।

आयोजका हैसियतमा बंगलादेशका दुई ओटा टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा ५ देशका ६ टिमले सहभागिता जनाउने छन । प्रतियोगितामा नेपालका ९ जना खेलाडीले टिम, मिक्स र व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्ने छन । प्रतियोगिता आगामी १३ गतेसम्म चल्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey