मुस्लिम आयोगका अध्यक्ष अन्सारी ओलम्पिकको उपाध्यक्षमा पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२८
  • |
  • 204 पटक हेरिएको

काठमाडौं, २८ भदौ । नेपाल ओलम्पिक कमिटीको उपाध्यक्षमा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पराजित भएका छन् । २७ जना मतदाता रहेकोमा समिमले १२ मत मात्र प्राप्त गरे ।

५ जना उपाध्यक्ष रहने ओलम्पिक कमिटिमा ८ जनाको उम्मेदवारी परेको थियो । समिमसँगै राजीव्न श्रेष्ठ र पुष्पदास श्रेष्ठ ११–११ मत ल्याएर पराजित भए । यस्तै ज्योती राणा २६ मत सहित विजयी हुँदा चतुरानन्द राजबैद्यले २२, तेजबहादुर गुरुङले २०, सुनिल कुमार श्रेष्ठले १८ तथा अशोकरत्न बज्राचार्यले १५ मत ल्याएर विजयी भएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey