ओलम्पिकको महासचिवमा निलेन्द्रराज श्रेष्ठ ३ मतले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२८
  • |
  • 279 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा उनले पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पछि पार्दै निर्वाचित भएका हुन् । निलेन्द्रले १५ मत प्राप्त गर्दा लाखेले १२ मत ल्याएका छन् । निलेन्द्र जीवनराम श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए ।

यसअघि, राष्ट्रिय खेलकुद परिषद् राखेपका निवर्तमान सदस्यसचिव केशबकुमार विष्ट नेपाल ओलम्पिक कमिटीको सचिवमा पराजित भएका छन् । आज भएको निर्वाचनमा विष्ट १ मतले पराजित भएका हुन् । तीन जना सचिव रहेको ओलम्पिकमा चार जनाले उम्मेदवारी दिएका थिए । जसमा विष्टले १७ मत ल्याउँदै पराजित हुँदा १८ मत ल्याएका रामजीबहादुर श्रेष्ठ १८ मत ल्याएर विजयी भए । यस्तै दीपकहर्ष बज्राचार्यले २५ मत प्राप्त गदा तुलसी थापाले २१ मत ल्याएर विजयी भइन् । नेपाल ओलम्पिक कमिटीको आज भएको मतदानबाट तीन जना सचिव निर्वाचित भएका छन् । तीन सचिव पदका लागि चार जनाको मनोनयन दर्ता भएपछि निर्वाचन भएको हो ।

यसअघि सात जना सदस्यको मत परिणाम सार्वजनिक भएको थियो । जसमा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी विजयी भएका छन् ।
२७ जना प्रतिनिधि भएको ओलम्पिक कमिटीको निर्वाचनमा प्रकाश शम्सेर, गोपाल सुन्दर, दीर्घबहादुर र रमेश प्रसाद शिवाकोटीले समान २६–२६ मत प्राप्त गरेका थिए । यसैगरी होमबहादुर दोङले २३ तथा टासी घलेले २२ मत ल्याउँदा राम अवालेले १९ मत प्राप्त गरेर विजयी भए । पराजित भएका सदस्य मनोरञ्जन रमण शर्माले ८ मत प्राप्त गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey