Mega Bank

नेपाल ओलम्पिक कमिटीको सचिवमा राखेप पूर्व सदस्य सचिव विष्ट पराजित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०५-२८
  • |
  • 133 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् राखेपका निवर्तमान सदस्यसचिव केशबकुमार विष्ट नेपाल ओलम्पिक कमिटीको सचिवमा पराजित भएका छन् । आज भएको निर्वाचनमा विष्ट १ मतले पराजित भएका हुन् ।

तीन जना सचिव रहेको ओलम्पिकमा चार जनाले उम्मेदवारी दिएका थिए । जसमा विष्टले १७ मत ल्याउँदै पराजित हुँदा १८ मत ल्याएका रामजीबहादुर श्रेष्ठ १८ मत ल्याएर विजयी भए ।

यस्तै दीपकहर्ष बज्राचार्यले २५ मत प्राप्त गदा तुलसी थापाले २१ मत ल्याएर विजयी भइन् । नेपाल ओलम्पिक कमिटीको आज भएको मतदानबाट तीन जना सचिव निर्वाचित भएका छन् । तीन सचिव पदका लागि चार जनाको मनोनयन दर्ता भएपछि निर्वाचन भएको हो ।

यसअघि सात जना सदस्यको मत परिणाम सार्वजनिक भएको थियो । जसमा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी विजयी भएका छन् ।

२७ जना प्रतिनिधि भएको ओलम्पिक कमिटीको निर्वाचनमा प्रकाश शम्सेर, गोपाल सुन्दर, दीर्घबहादुर र रमेश प्रसाद शिवाकोटीले समान २६–२६ मत प्राप्त गरेका थिए । यसैगरी होमबहादुर दोङले २३ तथा टासी घलेले २२ मत ल्याउँदा राम अवालेले १९ मत प्राप्त गरेर विजयी भए । पराजित भएका सदस्य मनोरञ्जन रमण शर्माले ८ मत प्राप्त गरे ।

भर्खरै

Advertisement