Mega Bank

ओलम्पिक कमिटीको सदस्यमा को को निर्वाचित भए त?

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०५-२८
  • |
  • 46 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको आज भएको निर्वाचनमा सदस्य पदको मत परिणाम सार्वजनिक भएको छ । सात जना सदस्यमा ८ जनाको उम्मेदवारी परेको थियो ।

जसमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा पराजित भएका छन् । यसैगरी रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी विजयी भएका छन् ।

२७ जना प्रतिनिधि भएको ओलम्पिक कमिटीको निर्वाचनमा प्रकाश शम्सेर, गोपाल सुन्दर, दीर्घबहादुर र रमेश प्रसाद शिवाकोटीले समान २६–२६ मत प्राप्त गरेका थिए ।

यसैगरी होमबहादुर दोङले २३ तथा टासी घलेले २२ मत ल्याउँदा राम अवालेले १९ मत प्राप्त गरेर विजयी भए । पराजित भएका सदस्य मनोरञ्जन रमण शर्माले ८ मत प्राप्त गरे । अब सचिव पदको मतगणना शुरुहुने छ ।

तीन सचिव पदका लागि केशवकुमार विष्ट, रामजीबहादुर श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा थिए ।

भर्खरै

Advertisement