नेपाल ओलम्पिक कमिटीकाे मतदान सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२८
  • |
  • 348 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको मतदान सम्पन्न भएकाे छ । नयाँ नेतृत्व चयनका लागि भएकाे निर्वाचनमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

ओलम्पिक भवन ललितपुरमा विहान शुरु भएकाे चुनावी साधारणसभाकाे सभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका थिए । २७ जना प्रतिनिधि रहेकाे ओलम्पिकमा १९ सदस्यीय कार्यसमिति रहने छ ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र सदस्य पदमा निर्वाचन भएकाे हाे । काेषाध्यक्ष र उपमहासचिव यसअघि नै निर्विराेध निर्वाचित भइसकेका छन् ।

जीवनरामको प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ र उमेशलालको प्यानलमा पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा छन् ।

अध्यक्षका प्रत्यासी जीवनराम श्रेष्ठ

चुनावमा पाँच जना उपाध्यक्षका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा ज्योती राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारी छन् ।

अध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठ

त्यस्तै, तीन सचिव पदका लागि केशवकुमार विष्ट, रामजीबहादुर श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन् । सात सदस्यका लागि रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी र मनोरञ्जनरमण शर्मा प्रतिस्पर्धामा छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey