नेपाल ओलम्पिक कमिटीकाे निर्वाचन आज, अध्यक्षमा जीवनराम र उमेशलालकाे दावी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२८
  • |
  • 186 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका चयनका लागि आज निर्वाचन हुँदैछ। नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि उमेशलाल श्रेष्ठ र जीवनराम श्रेष्ठ चुनावी मैदानमा छन् ।

भदौ २० गतेलाई तोकिएको चुनाव अदालती कारणले रोकिएको थियो । तर पछि सर्वोच्च अदालतले चुनाव रोक्नुपर्ने कुनै कारण नभएको देखाउदै चुनावको बाटो खोलेको थियो । जसका कारण आजका लागि तय भएकाे हाे ।

मतदातालाई आफुतिर आकर्षित गर्न दुबै अध्यक्षाका उम्मेदवार लागि परेका छन् ।

जीवनराम श्रेष्ठ आफ्नो कामको मुल्यांकन साथीभाईले गर्लान भनेर जित्नेमा विश्वस्त देखिन्छन भने उमेशलाल श्रेष्ठपनि यसपटक बाजी मार्नेमा विश्वस्त छन ।

ओलम्पिक कमिटीमा रहेका २७ मतदाता मध्ये २६ जना चुनावी मैदानमा उत्रिएका छन । महासचिवमा जीवनरामकातर्फबाट निलेन्द्रराज श्रेष्ठ र उमेशलालका तर्फबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा छन् ।

२७ संघका २७ प्रतिनिधि रहेको एनओसीमा २६ जनाले उम्मेदवारी दिएका छन् । ५ उपाध्यक्षका लागि ८ जनाले, ३ सचिवका लागि ४ जनाले र ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । रतन टण्डन कोषाध्यक्ष र राखेप उपाध्यक्ष तिम्सिना उप महासचिवमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey