आर्मी र पुलिस समूह विजेता

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२७
  • |
  • 206 पटक हेरिएको

काठमाडौं, २७ भदौं । उपाधिका दावेदार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब र प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आर्मी समूह ‘ए’ बाट तथा पुलिस समूह ‘बी’ बाट विजेताको रुपमा अपराजित रहँदै अन्तिम चारमा पुग्न सफल भएको हो । समूह ‘ए’ बाट अर्काे विभागीय टोली नेपाल एपीएफ क्लब तथा समूह ‘बी’ मा गण्डकी प्रदेशले समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो ।

अब सेमिफाइनलमा पुलिसले समूह ‘ए’को उपविजेता एपिएफसँग तथा आर्मीले समूह ‘बी’ को उपविजेता गण्डकीसँग खेल्नेछ । पहिलो सेमिफाइनल बिहान १० बजे तथा दोस्रो सेमिफाइनल १ बजेपछि हुनेछ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा शुक्रबार समूह चरणको अन्तिम खेलमा शुक्रबार आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा हराउदै अपराजित रह्यो । एक पक्षीय खेलमाा आर्मीले ढोरपाटनमाथि २५–१४, २५–१९ र २५–२२ को सहज जित निकाल्यो ।

यता, निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले शुरुवाती सेट गुमाएर पनि गण्डकी प्रदेशमाथि ३–१ के जित निकाल्न सफ भयो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पुलिसले पहिलो सेट २९–३१ ले गुमाएको थियो । उत्कृष्ट पुनरागमन गरेको पुलिसले दोस्रो सेट सहजै २५–१२ ले सहजै आफ्नो पक्षमा पार्दै खेललाई १–१ को बराबरीमा ल्याएको थियो । तेस्रो सेटमा पुलिस खेलमा पछि परेपनि २७–२५ को जित निकाल्दै खेलमा २–१ को अग्रता लिन सफल भयो । चौथो सेटमा पुलिस २५–१९ को सेटमा विजयी भयो । शुक्रबारै समूहको खेलमा आयोजक प्रगतिशील युवा नेपालले गल्कोट स्पोर्टस् क्लब टोकियो जापानलाई २५–१९, २९–२७, १९–२५ र २७–२५ को सेटमा पराजित गर्दै सन्त्वना जित निकाल्यो ।

प्रगतिशील युवा नेपाल को आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै ढोरपाटन स्पोट्र्स ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर छन् । समूह ‘बी’ मा आयोजक प्रगतिशील युवा क्लबसँगै नेपाल पुलिस क्लब, गल्कोट युवा क्लब र गण्डकी प्रदेश छन् ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey