जोकोभिच मियामी ओपनको दोस्रो चरणबाटै बाहिरिए

0

चैत १० । पूर्व विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अप्रत्यासित पराजय ब्यहोर्दै मियामी ओपनको दोस्रो चरणबाट बाहिरिएका छन् ।

अहिले १२औं बरियतामा रहेका सर्बियन स्टार जोकोभिच कुहिनाको चोटबाट मुक्त भएपछि लय भेट्टाउन संघर्षरत छन् । उनी ४७औं बरियताका फ्रान्सेली खेलाडी बेनोइट पाइरेसँग ६–३ र ६–४ को सेटमा पराजित भएका हुन् । जोकोभिचलाई हराउन पाइरेले जम्मा ६९ मिनेट कोर्टमा खर्चिएका थिए ।

गत जनवरीमा अष्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिएयता जोकोभिचको यो तेस्रो पराजय हो ।

पाइरेले अर्को चरणमा सर्बियाका फिलिप क्राजिनोभिकसँग खेल्नेछन् । क्राजिनोभिक बेलायती खेलाडी लियााम ब्रोडीलाई ६–३ र ६–२ को सेटमा हराउँदै तेस्रो चरणमा पुगेका हुन् ।

यता गत साता सम्पन्न इण्डियन वेल्सको उपाधि विजेता अर्जेन्टिनी खेलाडी जुहान मार्टिन डेल पोर्टो भने नेदरल्याण्ड्सका रोबिन हासेलाई २–१ को सेटमा हराउँदै तेस्रो चरणमा पुगे । उनले रोविनलाई ६–४, ५–७ र ६–२ को सेटमा हराएका थिए ।

Post Add 1025X115
Loading...