ओलम्पिक कमिटीको निर्वाचन भाेली, परिषद भन्छ-‘स्पष्टिकरण साेध्छु’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२७
  • |
  • 694 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि भोली निर्वाचन हुँदैछ । तर राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले ओलम्पिक चुनावका विषयमा स्पष्टिकरण लिने बताएका छन ।

सिलवालले ओलम्पिक निर्वाचनका विषयमा विहिबार मात्र जानकारी पाएको र उसले परिषदसँग समन्वय नगरेको भन्दै स्पष्टिकरण सोध्ने बताए । ओलम्पिक संस्थापनि अरु संघ जस्तै भएकाले उसले परिषद्सँग समन्वय गर्नुपर्नेमा त्यो नगरेको र भोली निर्वाचन गरेमा स्पष्टिकरण सोध्ने बताए ।

चुनावको अन्तिम समयमा आएर परिषद्ले अनावश्यक निउ खोजको अध्यक्ष जीवनराम श्रेष्ठले बताए । परिषद्लाई यसअघि पनि चुनावपछि मात्र जानकारी गराउने गरेको र त्यहि प्रक्रियालाई अहिले कायम राखेको उनले बताए ।

यता सदस्यसचिवले दुई पटक परिषद्को सदस्यसचिव भइसकेको ब्यक्तिले नियम कानुनका बारेमा बुझाइरहनुपर्ने होर भन्दै प्रतिप्रश्न गरे । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि भोली चुनाव हुँदैछ । जसको अध्यक्षका लागि उमेशलाल श्रेष्ठ र जीवनराम श्रेष्ठ चुनावी मैदानमा छन ।

भदौ २० गतेलाई तोकिएको चुनाव अदालती कारणले रोकिएको थियो । तर पछि सर्वोच्च अदालतले चुनाव रोक्नुपर्ने कुनै कारण नभएको देखाउदै चुनावको बाटो खोलेको थियो । जसका कारण भोली ओलम्पिकको चुनाव हुँदैछ ।

चुनाव अगाडी यतिबेला मतदातालाई आफुतिर आकर्षित गर्न दुबै पक्षहरु लागिपरेका छन । जीवनराम श्रेष्ठ आफ्नो कामको मुल्यांकन साथीभाईले गर्लान भनेर जित्नेमा विश्वस्त देखिन्छन भने उमेशलाल श्रेष्ठपनि यसपटक बाजी मार्नेमा विश्वस्त छन । अब ओलम्पिकमा नेतृत्व सम्हाल्न को आउने हो त्यो भोलीको चुनावले नै पत्ता लगाउनेछ ।

ओलम्पिक कमिटीमा रहेका २७ मतदाता मध्ये २६ जना चुनावी मैदानमा उत्रिएका छन । जसमा अध्यक्षा जीवनराम श्रेष्ठ र एनओसीका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठबीच अध्यक्षमा प्रस्पिर्धा हुनेछ । महासचिवमा जीवनरामकातर्फबाट निलेन्द्रराज श्रेष्ठ र उमेशलालका तर्फबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा छन् ।

२७ संघका २७ प्रतिनिधि रहेको एनओसीमा २६ जनाले उम्मेदवारी दिएका छन् । ५ उपाध्यक्षका लागि ८ जनाले, ३ सचिवका लागि ४ जनाले र ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । रतन टण्डन कोषाध्यक्ष र राखेप उपाध्यक्ष तिम्सिना उप महासचिवमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey