Mega Bank

ओलम्पिक कमिटीकाे चुनाव: शक्तिकेन्द्र हावी हुँदै, मन्त्रि क्वाटरमा बैठक

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०५-२७
  • |
  • 161 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि भोली (शनिबार) चुनावी साधारणसभा हुँदैछ । यसपटकको अध्यक्षका लागि यसअघिका उम्मेदवार जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ नै चुनावी मैदानमा उत्रिएका छन । ओलम्पिकको चुनाव जहिलेपनि मुखमा आउछ, कुनै न कुनै विवादको जड फेला पर्छ । यसपटक पनि यसअघि भदौ २० गतेलाई तोकिएको चुनाव अदालती कारणले रोकिएको थियो । तर पछि सर्वोच्च अदालतले चुनाव रोक्नुपर्ने कुनै कारण नभएको देखाउदै चुनावको बाटो खोलेको थियो । जसका कारण भोली (शनिबार) ओलम्पिकको चुनाव हुँदैछ ।

चुनाव अगाडी यतिबेला मतदातालाई आफुतिर आकर्षित गर्न दुबै पक्षहरु लागिपरेका छन । जीवनराम श्रेष्ठ आफ्नो कामको मुल्यांकन साथीभाईले गर्लान भनेर जित्नेमा विश्वस्त देखिन्छन भने उमेशलाल श्रेष्ठपनि यसपटक बाजी मार्नेमा विश्वस्त छन । अब ओलम्पिकमा नेतृत्व सम्हाल्न को आउने हो त्यो भोलीको चुनावले नै पत्ता लगाउनेछ ।

ओलम्पिक चुनावका लागि यतिबेला खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव नै सक्रिए देखिएको छन । पछिल्लो पटकको अभिब्यक्तिमा सदस्यसचिव रमेश सिलवालले ओलम्पिक चुनावका बारेमा आफुलाई जानकारी नभएको बताएका छन । तर त्यसको विपरित ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले चुनावका बेला राष्ट्रिय खेलकुद परिषद्लाई अहिलेमात्र होइन, पहिलेपनि जानकारी गराउने नगरेको बताए । ओलम्पिकको चुनाव भइसकेपछि निर्वाचित समितीका बारेमा जानकारी गराउने गरेको उनले बताए ।

ओलम्पिक चुनावमा परिषद् र ओलम्पिक विचको खिचातानी सिलवालको अभिब्यक्ति र ओलम्पिक कमिटीका अध्यक्ष जीवनरामको भनाईबाट प्रष्ट भएको छ । यसअघि ओलम्पिकको भुमरीमा नपर्ने बताएका सिवालले चुनावको अघिल्लो दिन बोलेको कुराले ओलम्पिक कमिटीको चुनावमा पुरै राजनितीक गन्ध आएको छ ।

सिलवाल र श्रेष्ठ दुबै एमाले पार्टिका भएपनि धार फरक भएकाले दुबैको बोलि पनि फरक रहेको छ । ओलम्पिक चुनावका लागि यतिबेला खेलकुद मन्त्री र सिलवाल पुरै सक्रिय भएको बुझिएको छ । पछिल्लो घटनाक्रममा मन्त्रीको क्वाटरमा ओलम्पिकका भोटरहरुलाई बोलाएर मन्त्रीले लौ है भनेर फकाउने गरेका छन । पालैपालो सबैलाई बोलाएर मन्त्री जगत सुनारले मतदातालाई जीवनरामको विपक्षमा जान लबिङ गरिरहेका छन । यसपटक ओलम्पिक कमिटीको अध्यक्षमा उमेशलाल श्रेष्ठ राम्रो गृहकार्य गरेर आएको र उनलाई मन्त्री र सदस्यसचिवको पनि साथ रहेको बुझिएको छ ।

ओलम्पिक कमिटीमा रहेका २७ मतदाता मध्ये २६ जना चुनावी मैदानमा उत्रिएका छन । जसमा अध्यक्षा जीवनराम श्रेष्ठ र एनओसीका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठबीच अध्यक्षमा प्रस्पिर्धा हुनेछ । महासचिवमा जीवनरामकातर्फबाट निलेन्द्रराज श्रेष्ठ र उमेशलालका तर्फबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा छन् ।

२७ संघका २७ प्रतिनिधि रहेको एनओसीमा २६ जनाले उम्मेदवारी दिएका छन् । ५ उपाध्यक्षका लागि ८ जनाले, ३ सचिवका लागि ४ जनाले र ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । रतन टण्डन कोषाध्यक्ष र राखेप उपाध्यक्ष तिम्सिना उप महासचिवमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

भर्खरै

Advertisement