अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिना र काेलम्बिया विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१०
  • |
  • 194 पटक हेरिएको

चैत १० । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत शुक्रबार राती भएको खेलमा फ्रान्स कोलम्बियासँग पराजित भएको छ ।

पेरिसमा भएको खेलमा घरेलु टिम कोलम्बियासँग ३–२ ले हार्न पुग्यो । फ्रान्सले लिएको २ गोलको अग्रतामाथि ३ गोल गरेपछि कोलम्बियाले घरेलु टिमलाई स्तब्ध बनायो ।

११औं मिनेटमा ओलिभर जिरुड र २६औं मिनेटमा थोमस लेमारले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए ।

२८औं मिनेटमा लुइस मुरियलले गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा फ्रान्सको अग्रता २–१ मा छोट्याएको थियो । ६२औं मिनेटमा रामाडेल फाल्काओले गोल गर्दै खेल बराबरीमा लगे । ८५औं मिनेटमा कोलम्बियाले पाएको पेनाल्टीलाई हुवान क्वीन्टेरोले गोलमा परिणत गर्दै कोलम्बियालाई जित दिलाए ।

अर्कोे खेलमा अर्जेन्टिनाले इटालीलाई हरायो । अधिकांश मुुख्य खेलाडीलाई बेन्चमा नै राखेपनि जर्ज साम्पोलीको टिमले इटालीमाथि २–० को जित हासिल गर्न सफल भयाे ।

म्यान्चेस्टर सिटीको मैदान इथियाड स्टेडियममा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ७५औं मिनेटमा इभर बेनेगाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । ८५औं मिनेटमा मानुयल लान्जिनीले गोल गरेपछि अर्जेन्टिना विजयी भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey