डिपिएलको तयारी अन्तिम चरणमा, मैदानले स्वरुप फेर्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०९
  • |
  • 140 पटक हेरिएको

चैत्र ९ । आगामी चैत १७ देखि धनगढीमा हुन लागेको धनगढी प्रिमियर लिग डिपिएल दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।

धनगढी स्थित एसएसपी कार्यकालको मैदानमा पिच निर्माण भइसकेको छ भने मैदानमा अन्तिम फिनिसिङ गर्ने काम भइरहेको छ ।

प्रतियोगितामा सहभागीता जनाउने खेलाडी र अफिसियलका लागी होटेल लगायतको व्यवस्थापन कार्य पुरा भएको आयोजकले जनाएका छन ।

धनगढी प्रिमियर लिग डिपिएल आएसंगै सेती अञ्चल प्रहरी कार्यालयको मैदानले स्वरुप नै फेरेको छ ।

करीव दुई महिना अगाडी देखि केन्द्रबाट क्युरेटर झिकाएर पिच पनि तयार पारिएको छ भने झण्डै सात हजार वढी दर्शक अटाउने अस्थाइ प्याराफिट वनाउने काम सुरु भएको छ । यतिमात्र होइन अरु ब्यवस्थापकीय काम पनि अन्तिम चरणमा पुगेका छन ।

प्रतियोगिताका लागि पिच नयाँ बनाइएको छ । अघिल्लो सस्करणमा पिचका कारण खेलाडीको आलोचना खेपेका क्युरेटर अजय पाण्डेले यसपटक भने ब्याट्सम्यानलाई सहयोग हुने पिच बनाएको बताए ।

आईसीसीको मान्यता पाएपछि डिपिएलको मान्यता पनि पाइसकेको छ । यसका साथै यसपटकको प्रतियोगिता अघिल्लो सस्करण भन्दा केहि फरक हुने आयोजकको दावी छ ।

अनुमानित ३ करोड लागत रहेको डीपिएलमा देशका विभिन्न ६ टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । ६ वटै टिमले यसअघि नै अक्सनवाट खेलाडी अनुबन्ध गरीसकेका छन भने विदेशी खेलाडी ल्याउने काम पनि अन्तिम चरणमा पुर्याएका छन ।

प्रतियोगीताको मिति नजिकिदै जाँदा टिमले प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन ।

प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनैतिक खेलाडी, दुई विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगीताको विजेतालाई २५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ दिइनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal