नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ गते हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२५
  • |
  • 340 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ गते हुने भएको छ । यसअघि २० गते हुने भनिएको निर्वाचन अदालतको आदेशका कारण स्थगित भएको थियो । निर्वाचन सातदोबाटो स्थित कमिटीको कार्यालयमा विहान आठ बजे शुरु हुने छ ।

यसअघि निर्वाचन स्थगित गर्न माग गर्दै ओलम्पिक कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रीटमा आइतबार दुबै पक्षसँग छलफल गरी न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको थियो ।

यसअघि उक्त रिटमा भदौ १९ गते भएको सुनुवाईमा सर्वोच्चले निर्वाचन स्थगित गरी दुबै पक्षलाई २२ गतेका लागि छलफलमा बोलाएको थियो । सर्वोच्चको आदेशपछि भदौ २० गतेका लागि तोकिएको ओलम्पिक कमिटीको निर्वाचन स्थगित भएको थियो । आइतबार रीट निवेदनकर्ता र विपक्षी नेपाल ओलम्पिक कमिटी दुबै पक्षको कुरा सुनेपछि सर्वोच्चले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।

सर्वोच्चको आदेशपछि स्थगित ओलम्पिक कमिटीको निर्वाचनका लागि नयाँ मिति तोकिएको हो । यसपटकको निर्वाचनमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा रहेका छन । कुल २७ भोटमा २६ जना पदाधिकारी निर्वाचनमा होमिएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey