Mega Bank

प्रधानसेनापति ट्रफि १६ नम्बर बाहिनीलाई 

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०५-२५
  • |
  • 41 पटक हेरिएको

प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिताको उपाधि १६ नम्बर बाहिनीले जितेको छ । प्रतियोगिता पृतना तथा बाहिनी तर्फमा भएका विभिन्न इभेन्टमा उत्कृष्ट नतिजा हासिल गरेको १६ नम्बर बाहिनीले उपाधि जितेको हो । यसैगरी मध्य पृतना हेडक्वार्टर दोस्रो तथा उपत्यका पृतनाले तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतियोगिताको अन्तिम दिन भएको फुटबल फाइनलको उपाधि भने जगदल गणले जितेको छ । आर्मी मैदानमा  वुधबार भएको फाइनलमा जगदल गणले विष्णुदल गणलाई पराजित गरेको थियो । यसैगरी फुटबल अन्तर्गत  कालीबहादुर गण तेस्रो भएको छ । यस्तै गणतर्फको खेलकुदमा समग्रमा जगदल गण पहिलो पुरानो गोरख गण दोस्रो र एक नम्बर गण तेस्रो स्थानमा आएका थिए ।

प्रतियोगिता समापनका अवसरमा वर्षभरिका उत्कृष्ट पुरुष पूर्ण तामाङ र महिला खेलाडी पुनम रावल पनि सम्मानित भए ।

तामाङले हङकङमा सञ्चालन भएको ‘द नर्थ फेस’ रेसमा अन्तर्राष्ट्रिय रेकर्ड सहित स्वर्ण पदक, हङकङमै सञ्चालन भएको अर्को रेसमा रजत र सोलुखुम्बुमा सञ्चालन भएको एभरेष्ट एक्सट्रिम अल्ट्रा रेसमा कास्य पदक जित्न सफल भएका थिए ।

पुनमले गणेशमान खुल्ला बक्सिङ्ग प्रतियोगिता र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा इन्द्रमाया अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा रजत पदक जित्न सफल भएकी थिइन् । उनलाई ‘अजय बल सम्पन्न ट्रफि’ तथा नगद पुरस्कार प्राप्त गरिन् ।

विजेता खेलाडीहरुलाई बुधबार नै भएको समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार प्रदान गरेका थिए ।

भर्खरै

Advertisement