राष्ट्रिय स्केट बोर्डिङ पोखरामा

0
चैत ९ काठमाडौं । नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघको आयोजनामा दोश्रो राष्ट्रिय स्केट बोर्डिङ प्रतियोगिता पोखरामा चैत १६ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष र महिलामा समान १००–१०० गरी २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्यूत खनालले जनाएका छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु पोखरा रंगशाला हातामा रहेको अन्नपूर्ण स्केट पार्कमा हुनेछ ।
पहिलो दिन क्वालिफाइङ राउन्ड हुनेछ । क्वालिफाइङ राउन्डमा शीर्ष २५ स्थानमा रहने पुरुष र महिला खेलाडीले दोश्रो तथा अन्तिम दिन चैत १७ गते फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सयका दरले नगद पुरस्कार पाउने छन् ।
शीर्ष तीन स्थानमा रहने सबै खेलाडीलाई १५ हजार मूल्य बराबरको स्केट बोर्ड पनि प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख खर्च हुने अध्यक्ष खनालले जानकारी गराए ।
Post Add 1025X115
Loading...