दोश्रो विद्या संस्कार सिनियर ब्वाइज फुटसलको उपाधि लोयल्टी एकेडेमीलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२४
  • |
  • 244 पटक हेरिएको

लोयल्टी एकेडेमीले दोश्रो विद्या संस्कार सिनियर ब्वाइज फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

अत्तरखेलस्थित आयोजक विद्या संस्कारमा भएको फाइनलमा लोयल्टीले योङ हार्टसलाई १–० गोलले पराजित ग¥यो । लोयल्टीका तेन्जिङ दोर्जे तामाङले निर्णायक गोल गरे ।

प्रतियोगितामा एक्सेल्सियरका धीरज जोशी उत्कृष्ट खेलाडी, काठमाडौं भ्याली स्कुलका मिङमार छेवाङ तामाङ उत्कृष्ट गोलरक्षक र लोयल्टीका सैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताभर ४ गोल गरेका योङ हार्ट्सका दावा तामाङ सर्वाधिक गोलकर्ता बने । डाफोडिलले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई एन्फा फुटसल कमिटीका को–ओर्डिनेटर दावा लामा, विद्या संस्कारका संस्थापक निर्देशक एवं प्रिन्सिपल सुधिरकुमार झा, विद्या संस्कारका निर्देशकद्वय राजेश अधिकारी र सुरेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १६ टिम सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey