Prabhu Bank

सहकारी कप बुद्धिचाल हुने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-०९
  • |
  • 13 पटक हेरिएको

चैत ९, काठमाडाैं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा आउँदो चैत २० देखि ललितपुरमा छैटौं राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

ताम्रकार समाज ललितपुर र ललितपुर स्पोर्टस क्लबको सहआयोजनामा हुने गणेशमान स्मृति सहकारी कप नामाकरण गरिएको प्रतियोगिता नेपालकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रथम पुरस्कार मोटरसाईकल रहने घोषणा ग¥यो । यस्तै दोस्रो हुनेले ५० हजार पाउनेछन् भने तेस्रोले ३० हजार तथा चौथोले २५ हजार पाउनेछ । करिब एक सय खेलाडीको सहभागिता रहने प्रतियोगिताका २० औं स्थानसम्म हासिल गर्ने खेलाडीले पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा महिला, भेटरान तथा अण्डर १९ खेलाडीतर्फका खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् ।

पहिलो पटक लिग कम नकआउटका आधारमा संचालन गर्न लागिएको प्रतियोगिताका शीर्ष चारले नकआउटका आधारमा प्रतिष्पर्धा गर्नेछन् ।

भर्खरै

Advertisement