इब्राहिमोभिचले म्यानचेस्टर युनाइटेड छाडे

0

चैत्र ९ । इङ्लिस क्लव म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले क्लब छोड्ने निर्णय गरेका छन ।

दुई सिजन अघि पिएसजीबाट युनाइटेड आएका इब्राहिमोभिच सोसियल साइटमा क्लवमा आफ्नो यात्रा समाप्त भएको बताएका हुन ।

युनाईटेडमा आएपछि पहिलो सिजन सुखद रहेपनि यो सिजन उनलाई चोटले सताएका कारण मैदानमा धरै देखिएका थिएनन।

इब्राहिमोभिचले आफ्नो इन्स्टाग्राम लेखेका छन, ” युनाइटेडमा दुई सुन्दर सिजनपछि मेरो पनि यहाँको समय समाप्त भएको छ ।”

३६ बर्षे इब्राहिमोभिचले युनाइटेडका लागि ५३ खेल खेल्दै २९ गोल गरेका थिए । उनले युनाइटेडमा हुँदा क्लवले युरोपा लिग, लिग कप र एफए कप जितेको थियो ।

इब्राहिमोभिच अब युनाइटेडपछि अमेरिकामा एलए ग्यालेक्सीसँग आबद्ध हुने भएका छन् । उनले राष्ट्रिय टिमबाट यसअघि नै सन्यास लिइसकेका छन ।

 

Post Add 1025X115
Loading...