Prabhu Bank

लियोनेल मेस्सी म्यान्चेष्टर सिटीमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-०९
  • |
  • 6 पटक हेरिएको

चैत ९ । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले म्यान्चेष्टर सिटीको मैदान इथियाड स्टेडियममा प्रशिक्षण गरेका छन् । तर यो प्रशिक्षण क्लबका लागि भने हाेइन ।

इटाली विरुद्धको मैत्रीपूर्ण खेलका लागि बार्सिलोनाबाट विदा पाएको समयमा मेस्सीले अर्जेन्टिना टिमका निकट खेलाडी सजियो एग्युरोसँगै इथियाड स्टेडियममा अभ्यास गरे । अर्जेन्टिनाले इथियाड स्टेडियममा शुक्रबार इटालीविरुद्ध खेल्दैछ ।

इथियाड स्टेडियममा मेस्सीले म्यान्चेष्टर सिटीका यू–७ र यू–८ टिमका खेलाडीसँग केही समय विताएका थिए । यतिमात्र होइन मेस्सीले त्यहाँ उपस्थित ती खेलाडीका अविभावक तथा परिवारसँग पनि मेस्सीले हात मिलाएका थिए ।

अर्जेन्टिनाका खेलाडीहरु सिटीको एकेडेमीमा नै बसिरहेका छन् ।

भर्खरै

Advertisement