मैत्रीपुर्ण खेलमा इटाली र अर्जेन्टिना तथा जर्मनी र स्पेन भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०९
  • |
  • 153 पटक हेरिएको

चैत्र ९ । अर्जेन्टिनाले आज राती इटाली विरुद्ध मैत्रस्पुर्ण खेल खेल्दै रुस विश्वकपको औपचारिक तयारी सुरु गर्दैछ । आजै साविक विजेता जर्मनी र स्पेन पनि आमने सामने हुदैछन ।

जर्मनीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राती साढे एक बजे सुरु हुनेछ ।

जर्मनीका प्रशिक्षक योचिम लअले स्पेन विश्वकपको उवलियो उपाधी दावेदार टिम भएको बताएका छन । छनौट खेलमा जर्मनीले सवै दश खेलमा जीत हात पार्दँ स्पेनले नौ खेलमा जीत र एक खेलमा बराबरीको नतिजा निकालेको थियो ।

दुवै टिमका लागि आफुलाइ प्रमाणित गर्न यो खेल महतवपुर्ण रहेको छ । फिफा वरियताको पहिलो स्थानमा रहेको जर्मनी पछिल्ला २१ खेल देखी अपराजित छ । विश्वकपमा स्पेन , पोर्चुगल, मरक्को र इरान सहित समुह बी मा छ । जर्मनी रहेको समुह एफमा मेक्सिको, स्विेडन र दक्षिण कोरिया छन । यस्तै म्यानचेस्टर सिटीको इत्तिहाद स्टेडियममा हुने साविक उपविजेता अर्जेन्टिना र इटाली बीचको खेल पनि राती साढे एक बजेनै सुरु हुनेछ ।

छनौट खेलमा कठिन यात्रा तय अर्जेन्टिनाले अन्तिम खेलमा इक्वेडरलाइ तीन एक गोलले पराजित गरेपछि विश्वकपमा स्थान थियोे । सो खेलमा लियोनल मेसीले ह्याट्रिक गरेका थिए । प्रशिक्षक जर्ज साम्पोलीले , यो वर्षको विश्वकपमा मेसीको कांधमा सम्पुर्ण टिमको जिम्मेवारी रहेको बतँएका छन । बार्सीलोनाका लागि मेसीले प्राय सवै सफलता हात पारिसकेका छन ।

तर उनले राष्ट्रिय टिममा भने उल्लेख्य सफलता हात पार्न सकेका छैनन् । अर्जेन्टिना विश्वकपमा समुह डी मा नाइजेरिया, क्रोएशिया र आइसलयान्ड संगै रहेको छ । इटालीले भने विश्वकपमा छनँैट हुन सकेन् । इटाली पछिल्लो ६ दशकमा पहिलो पटक विश्वकपमा छनोट हुन असफल भएको हो । आजै विश्वकप आयोजक रुस र ब्राजिल पनि आमने सामने हुनेछन ।

रुसको घरेलु मैदानमा हुने खेल पौने दश बजे सुरु हुनेछ । ब्राजिल चोटग्रस्त मेइमार विनानै मैदानमा उत्रनेछ । रुसले बताए अनुसार यो खेलका लागि ६५ हजार टिकट विक्री भएको छ । आजै नेदरल्यान्डस र इङल्यान्ड बीच पनि मैत्रीपुर्ण खेल हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey