सडक दौड आइतबार

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२१
  • |
  • 231 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता आइतबार हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तत्वावधानमा हुन लागेको प्रतियोगितामा छात्रतर्फ ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।

छात्रमा १ हजार र छात्रामा ५ सय खेलाडीको सहभागिता रहने छ । दुवै स्पर्धामा शीर्ष चार स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ४ हजार नगद पुरस्कार पाउने छन् ।

पाँचौंदेखि दसौं स्थानमा आउनेलाई समान ३–३ हजार नगदबाट पुरस्कृत गरिने छ । ४० औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा हुन लागेको दौड त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भइ पुनः राखेप हातामै आएर टुंगिने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey