दिल्लीमा सन्दिपले १ नम्बर जर्सी लगाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०८
  • |
  • 180 पटक हेरिएको

चैत ८, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका नेपाली युवा स्टार सन्दिप लामिछानेले १ नम्बरको जर्सी लगाउने भएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा दिल्ली डेयरडेभिल्सका अफिसियलको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले सन्दिपलाई १ नम्बरको जर्सी हस्तान्तरण गरे ।

राष्ट्रिय टोलीबाट २५ नम्बरको जर्सी लगाउने सन्दिपले दिल्लीमा पनि त्यही जर्सी लगाउन चाहेका थिए । तर, दक्षिण अफ्रिकाका कागिसो रावाडाले लगाइराखेको हुनाले उनले त्यो जर्सी पाएनन् । त्यसपछि उनले १ नम्बर रोजेका हुन् ।

१ नम्बर रोज्नुको कारण खुलाउँदै सन्दिपले भने, ‘खासमा २५ नम्बर मेरो भाञ्जीको बर्थ डे हो, र, त्यो नपाएपछि भाञ्जीको जन्म महिनाको रुपमा १ नम्बर रोजेँ ।’

सन्दिप आईपीएल खेल्ने एशोसियन राष्ट्रका खेलाडी एकमात्र हुन् । गत महिना भएको अक्सनमा उनलाई दिल्लीले २० लाख भारुमा किनेको थियो ।

उनले टिममा चान्स पाउँछन् त भन्ने प्रश्नमा दिल्लीका सीईओ हेमन्त दुवाले भने, ‘प्रतियोगिताअघि क्याम्प हुन्छ, त्यस्तै अभ्यास खेलहरु पनि हुन्छन्, त्यसमा सन्दिपले राम्रो गर्न सक्यो भने अवश्य पनि उनी दिल्लीको प्लेहुनेछन् ।’

सीईओ दुवाले सन्दिपलाई १ नम्बरको जर्सी दिनुको कारण खुलाउँदै सन्दिप विश्वकै नम्बर १ लेगस्पिनरको पथमा रहेकाले १ नम्बरकै जर्सी दिएको बताए ।

यता सन्दिपले भने आफू प्लेइङ सेटमा पर्छु कि पर्दिन भन्दा पनि टिमको राम्रो प्रदर्शन मुख्य भएको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey