नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

0

चैत ८, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

नेपाल र मलेसियाबीचको खेल चैत १८ गते क्वालालम्पुरमा हुनेछ ।

त्यसअघि नेपाली टोली एएफसी एसियन कप छनोट अन्तर्गत यमनबिरुद्धको खेलका लागि आगामी आइतबार कतार प्रस्थान गर्नेछ ।

एसियन कप छनोट, तेस्रो चरण अन्तर्गत समूह एफको आफ्नो अन्तिम खेल नेपालले यमनसँग मंगलबार खेल्नेछ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको अवस्थामा यो खेल प्रतिष्ठाका लागि मात्र हो । यसअघिका पाँच खेलमा एउटा पनि जित हासिल गर्न नसकेपछि नेपाल बाहिरिएको हो ।

नेपालीटोली यमनसँगको खेलको भोलिपल्ट कतारबाट सिधै मलेसिया प्रस्थान गर्नेछ ।

दुई पहेँलो कार्डका कारण एशियन कप छनोटमा यमनसँगको खेल गुमाएका नेपाली स्ट्राइकर भरत खवास मलेसिया भ्रमणमा भने टिममा हुनेछन् ।

यमन र मलेसियाबिरुद्ध खेल्ने नेपाली टोलीका अन्य सदस्यमा

Post Add 1025X115
Loading...