टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्लबलाई

0

चैत्र ९ । भैरहवामा सम्पन्न टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्लबले जितेको छ । फाइनल खेलमा शंकरनगर क्रिकेट क्लबलाई नौ विकेटले हराउँदै खुकुरीले उपाधि जितेको हो ।

सिद्धार्थ रंगशालामा भएको फाइनलमा जितका लागि शंकरनगरबाट पाएको ८३ रनको लक्ष्य खुकुरीले १३ ओभर पाँच बलमा एक विकेटको क्षतिमा पुरा गर्यो ।

उसका लागि शंकर रानाले नटआउट ५७ तथा मिर्नाल गुरुङले नटआउट १९ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको शंकरनगरले १८ ओभर दुई बलमा ८२ रनमा अलआउट भयो । उसका लागि भीम सार्कीले ४९ तथा संदीप सुनारले २१ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

शकंरनगरलाई सस्तैमा रोक्न खुकुरीका इकलाख अहम्मद र रमेश कुर्मीले समान तीन तीन विकेट लिए ।

प्रतियोगितामा खुकुरीका साहव आलम म्यान अफ द सिरिज र बेष्ट बलर घोषित भए । शंकरनगरका संदीप सुनार बेष्ट ब्याट्सम्यान घोषित भए । जितसँगै खुकुरीले नगद ५० हजार र उपविजेता शंकरनगरले नगद २५ हजार रुपैयाँ हात पार्यो ।

Post Add 1025X115
Loading...