Prabhu Bank

एन्फा निर्वाचन राेक्न अदालतकाे अन्तरिम अादेश

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-०८
  • |
  • 3 पटक हेरिएको

चैत्र ८ काठमाडौ । ललितपुर उच्च अदालतले चैत्र १४ गते हुने भनिएको आसन्न अखिल नेपाल फुटबल संघको निर्वाचन राेक्न अन्तरिम अादेश जारी गरेकाे छ ।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले सो निर्णय गरेको हो ।

दुबै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट बञ्चित गरेको भन्दै उजुरी दिएपछि, उनीहरुलाई समावेश नगरी निर्वाचन गर्न नमिल्ने भन्दै अदालतले अर्को आदेश नआउँदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।

यसअघि भक्तपुर जिल्ला फुटबल संघले सबै क्लवलाई समावेश नगरी निर्वाचन गर्न खोजेको भनेपछि जिल्ला अदालतमा विरोधी पक्षले उजुरी दिएका थिए ।

जसमा जिल्ला अदालतले सबैलाई समावेश गरेर निर्वाचन गर्न आदेश दिएको थियो । तर भक्तपुरले आफना निकटका क्लवलाई समावेश गरेर निर्वाचन गरेको थियो ।

तर असन्तुष्ट पक्षले एन्फालाई विपक्षी बनाउँदै दिएको उजुरीमा अदालतले सुनुवाई गर्दै १५ दिन भित्र दुबै पक्षलाई उपस्थित हुन आदेश दिएको छ ।

एन्फाको अध्यक्षमा सस्थापन पक्षबाट मणि कुँवर र परिवर्तन धारबाट कर्माछिरीङ शेर्पाकाे प्यालन निर्वाचनमा प्रतिस्पधामा छन् ।

 

भर्खरै

Advertisement