पुजन तामाङ र श्रीया खड्का च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१९
  • |
  • 301 पटक हेरिएको

चिल्ड्रेन मोर्डन स्कूलका पुजन तामाङ तथा नवज्ञान भूमिकका श्रीया खड्का द चाँदवाग अन्तर स्कुल गोजु काई कराते प्रतियोगिता अन्र्तगत एकल काँतामा बिहीबार च्याम्पियन भएका छन् ।

बाँसबारी स्थित द चाँदवाग स्कुलमा भएको प्रतियोगितामा छात्र तर्फ पुजन र छात्रा तर्फ श्रीयाले अन्य ८ स्कुलका प्रतिस्पर्धिलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् ।

यस्तै छात्र तर्फ मित्रपार्क डोजो का सोहेन्द्र राना मगर दोस्रो बन्दा आयोजक द चाँदका प्रबिज्ञ कोइराला तेस्रो बने । छात्रा तर्फ सायुरी राईले दोस्रो स्थान हात पार्दा पुष्पा श्री र अंसु गुरुङ संयुक्त रुपमा तेस्रो भए ।

काठमाडौं उपत्यकाका २० स्कुलको सहभागिता रहेको प्रतियोगितामा छात्र तर्फ ५० केजी तौल समूहमा आयोजक द चाँदवागका मनग्य कोइराला र छात्रा तर्फ २० केजी तौल समूहमा द चाँदवागकी श्रीयाक्षी खत्रीले स्वर्ण पदक हात पारे ।

मनग्यले प्राक्सीस इन्टरनेशनल स्कुलका नितेश राईलाई पराजित गर्दा श्रीयाक्षीले गोल्डेन पिक स्कुलकी सोफीया कुंवरलाई पराजित गर्दै पहिलो भएका हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey