Prabhu Bank

अलान्सोलाई करछलीको मुद्दा, ५ बर्ष जेल सजाय हुन सक्ने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-०८
  • |
  • 0 पटक हेरिएको

चैत्र ८ । रियल मड्रिड तथा लिभरपुलका पूर्व खेलाडी जावी अलान्सोमाथि कल छलीको आरोप लागेको छ । यदि यो आरोप प्रमाणित भएमा अलान्सोलाई ५ बर्षको जेल सजाय हुनसक्ने छ ।

स्पेनीस राजश्व कार्यालयले जनाए अनुसार २०१० देखि २०१२ सम्म अलोन्सोले दुई दशलमव ४ मिलियन अमेरीकी डलर कर छलेको बताएको छ ।

उनले आफ्नो इमेज राइट्सबाट पाएको रकमको कर नतिरेको जसका कारण उनको मुद्दा अदालतमा पुगेको छ । अलान्सोले आफुले कुनै गल्ति नगरेको बताएका छन । तर पनि उनको केसमा अनुसन्धान भइरहेको छ ।

राजश्वले लगाएको करछलिको मितीमा अलान्सो रियाल मड्रिडबा खेलिरहेका थिए । ३६बर्षे अलान्सोलाई विपक्षी वकिहरुले चार मिलियन युरो जरिवाना तिर्नुपर्ने माग गरेका छन ।

अलान्सोको यो मुद्दा यसअघि २०१७ मा खुलेको भएपनि सो बेला प्रयाप्त प्रमाण नभएको भन्दै साम्य भएको थियो । तर फेरी उनको मुद्धालाई पुनः खोलिएको छ । स्पेनमा कर छलिको मुद्धामा पर्ने अलान्सो एक्लो फुटबलर भने होइनन । यसअघि एलेक्सिस सान्चेजलाई पनि कर छलेको आरोपमा १६ महिनाको जेल सजाय सुनाइएको थियो ।

त्यसअघि २०१३ मा मर्सेलोलाई पाँच लाख ७६ हजार अमेरीकी डलर कर छलेको आरोप लागेको थियो । यस्तै स्टार खेलाडी लियोनल मेसी र उनका पिता जोर्जलाई २१ महिनाको जेल सजाए सुनाइएको थियो । क्रिस्टियानो रोनाल्डोका साथै जोजे मोउरिनोलाई पनि स्पेनीस अदालतले कर छलेको आरोप लगाएको थियो ।