वेष्ट इन्डिज विश्वकपमा. स्कटल्याण्ड बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०८
  • |
  • 158 पटक हेरिएको

चैत्र ८ । पूर्व च्याम्यिन वेष्ट इन्डिज सन् २०१९ मा हुने आईसीसी एकदिवसिय विश्वकपका लागि छनोट भएको छ ।

जिम्बावेमा जारी विश्वकप छनोटमा स्कटल्याण्डलाई डकवर्थ एण्ड लुइसको नियमका आधारमा ५ रनले हराउँदै वेष्ट इन्डिजले विश्वकपमा स्थान बनाएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४८ ओभर ४ बलमा मात्र एक सय ९८ रनमा अलआउट भयो । उसका लागि इभिन लुइसले ६६ तथा मार्लोन स्यामुयल्सले ५१ रनको योगदान गरे । यस्तै कार्लोस ब्रेथवेटले २४ रन जोडे ।

जवाफमा स्कटल्याण्ड ३५ ओभर २ बलमा एक सय २५ रनमा पाँच विकेटको अवस्थामा हुदा भारी बर्षाका कारण खेल रोकिन पुग्यो । त्यसपछि डकवर्थको नियम अनुसार वेष्ट इन्डिज ५ रनले विजयी भयो ।

स्कटल्याण्डका लागि रिची बेरिङटोनले ३३ तथा जर्ज मुन्सेले ३२ रनको योगदान गरेका थिए । हारपछि स्कटल्याण्ड विश्वकपमा छनोट हुन असफल भएको छ ।

सुपरसिक्समा रहेका अरु चार टिम मध्ये तीन टिमको अर्को बर्ष हुने विश्वकपमा स्थान बनाउने अवसर कायमै छ । जसमा जिम्बावे, अफगानिस्तान र आयरल्याण्ड रहेका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal