अदालतकाे प्रक्रिया सकिएपछि मात्र ओलम्पिककाे चुनाव हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१८
  • |
  • 216 पटक हेरिएको

सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको शुक्रबार हुने तय भएको कार्यसमिति निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेपछि अब कहिले हुन्छ भन्ने धेरैलाइ काैतुहल भएकाे हाेला । जसमा हालका अध्यक्ष जीवनराम श्रेष्ठले अदालतकाे सम्मान गर्दै यसकाे प्रक्रिया सकिएपछि चुनाव गर्ने बताएका छन ।

अदालतले दुवै पक्षलाई छलफलका लागि आइतबार उपस्थित हुन आदेश दिएको थियो। रुक्मसमशेर राणा नेतृत्वको ओलम्पिक कमिटीका कार्य समिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रिटमाथि न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै आगामी दुवै पक्षलाई छलफलका लागि अदालतमा उपस्थित हुन आदेश दिएको हो।

सर्वोच्च अदालतको फैसलाअनुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइ सर्वोच्चले २०६७ सालमा व्युताएको राणा नेतृत्वको एनओसी सदस्य चित्रकारले रिट दायर गरेका थिए।

जसमा अदालत ताेकेकाे समयमा चुनाव नगर्न निर्देशन दिएकाे थियाे ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey