स्वागत भन्दा भब्य रह्याे अबिङकाे विदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१८
  • |
  • 157 पटक हेरिएको

नेपाली भलिबल टिमको प्रशिक्षकका रूपमा तीन महिना नेपालमा सर्भिस गरेका डच प्रशिक्षक हान अविङकाे विदाइ भएकाे छ । एसियन सेन्ट्रल जाेन पुरूष भलिबलका लागि नेपाल अाएका अबिङलाइ नेपाल भलिबल संघले भावुक विदाइ गरेकाे हाे ।

पहिलाे पटक नेपालमा प्रशिक्षकका रूपमा अाएका अबिङले विदाइ कार्यक्रममा नेपाल बसाइ निकै रमाइलाे भएकाे बताए । साथै उनले याे अवधिमा नेपाल भलिबल संघले गरेकाे अथित्यतालाइ सधै सम्झने बताए ।

नेपालमा भलिबल खेलाडी क्षमतावान भएपनि उनिहरूलाइ निखार्न अावश्यक रहेकाे बताए । प्रशिक्षक अबिङलाइ संघका पदाधिकारीका साथै भलिबलसँग सम्बन्धित ब्यक्तिले विदाइ गरेका हुन ।

२५ बर्ष लामो प्रशिक्षकको अनुभव बटुलेका हानले सात बर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।
उनले १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए । उनले २००४ देखि २००८ सम्म जर्मन महिला भलिबलको हेड कोचका रुपमा पनि काम गरेका थिए ।

जसमा उनले २००८ मा जर्मन कमको उपाधि दिलाएका थिए भने २००७ मा तेस्रो स्थान दिलाएका थिए । तर नेपाल बसाइ भने प्रशिक्षकको रुपमा अविङको बसाई सुखद् रहेन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal