भलिबल प्रशिक्षक हान अबिङ आज फर्किदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१८
  • |
  • 298 पटक हेरिएको

नेपाली भलिबल टिमको प्रशिक्षकको रुपमा आएका हान अविङ विदा हुने भएका छन् ।

एभीसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल प्रतियोगिताका लागि एफआईभीबीको सहयोगमा नेपाल आएका उनको कार्यकाल तीन महिनाका लागि तय गरिएको थियो । नेपालमै भएको एभीसी सेन्ट्रल जोनमा नेपालले उपाधि जित्ने लक्ष्य सहित विदेशी प्रशिक्षक ल्याएर अभ्यास गरे पनि पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ ।

नेपाली टिमले विदेशी प्रशिक्षकबाट खास गरि ब्लक र रिसिभमा सुधार गरेको टिमका कप्तान इमराना मगरले बताएका थिए । तर नेपाली टिममा युवा खेलाडीको बाहुल्यता रहेकाले म्याच एक्सपोजरको कमी देखिएको पनि उनै प्रशिक्षक अविङले भनेका थिए ।

२५ बर्ष लामो प्रशिक्षकको अनुभव बटुलेका हानले सात बर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।
उनले १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए । उनले २००४ देखि २००८ सम्म जर्मन महिला भलिबलको हेड कोचका रुपमा पनि काम गरेका थिए ।

जसमा उनले २००८ मा जर्मन कमको उपाधि दिलाएका थिए भने २००७ मा तेस्रो स्थान दिलाएका थिए । तर नेपाल बसाइ भने प्रशिक्षकको रुपमा अविङको बसाई सुखद् रहेन । उनको विदाईका लागि नेपाल भलिबल संघले बुधबार विशेष कार्यक्रमको आयोजना गरेको भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । महासचिव चन्दले नेपाली भलिबललाई प्रशिक्षकको रुपमा ठूलो गुण लगाएको र सम्पूर्ण कार्यसमितिले उनको साथ प्रति गौरवान्वित भएको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey