ओलम्पिक कमिटीको निर्वाचनः पिताम्बरकाे बदलिएकाे रूप, जीवनराम फेरी बलियाे देखिए

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१७
  • |
  • 347 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको निर्वाचनको मिती नजिकीदै गर्दा अबको नेतृत्व कसले पाउछ भन्ने कौतुहल सुरु भइसकेको छ । जसका लागि दुई पक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ मतदाता रिजाउन लागेका छन । यस्तैमा यसपटकको निर्वाचनमा जीवनराम पक्ष हामी हुने संभावना बलियो बन्दै गएको छ ।

अध्यक्षका दुई प्रत्यासी जीवनराम र उमेशलालमा राम्रो प्रतिस्पर्धा हुने देखिएको भएतापनि यतिबेला जीवनरामले आफ्नो दावेदारीता बलियो बनाएको ओलम्पिक कमिटीका एक पदाधिकारीले बताए । उनले जीवनरामले आफ्नो १९ जनाको बलियो प्यानल भित्र भित्र तयार पारेको, त्यसमा पनि उनका विपक्षी उमेशलालले त्यसो गर्न केहि चुकेको उनको भनाई छ ।

यतिमात्र होइन, उमेशलालले जुन किसिमको रणनिती लिनुपर्ने थियो, त्यमा पनि कता कता चुकेको उनको दावी छ । नाम नखोल्ने सर्तमा कुराकानी गर्दै उनले उमेशलालले प्रधानमन्त्री केपी ओलीबाट नै दबाव दिनुपर्ने अवस्थामा उनले त्यो काममा ढिला भएको, त्यसको विपरीत जीवनरामले कार्यसमिती भित्रका पदाधिकारीलाई पनि आफ्नो पक्षमा पारिसकेको उनको भनाई छ ।

उमेशलाल पक्षले चुनावमा उम्मेदवारी दर्ता गर्दा ११ निश्चित भोट रहेको र तीन देखि चार वटा भोटलाई आफ्नो पक्षमा पार्न सकेमा जित निश्चित भएको अनुमान गरेका थिए । तर यतिबेला उनले सोचको भन्दा फरक अवस्थामा चुनावको आएको छ । उल्टो जीवनरामले आफ्नो विपक्षमा जाने भोटलाई पनि तान्न निकै लागिपरेका छन ।

दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रीएका जीवनराम एमाले भित्रपनि माधवकुमार नेपालको प्यानलका हुन भने उमेशलाई केपी ओली प्यानलको बुझिएको छ । अघिल्लो निर्वाचनमा पनि जीवनरामसँगै पराजित भएका उमेशलाललाई जीताउन बाहिरबाट पनि राम्रो होमवर्क भइरहेको छ । जसमा राष्ट्रिय खेलकुद परिषद्का केहि ब्यक्तिहरुपनि लागेको बुझिएको छ ।

यसपटकको निर्वाचनमा तीन देखि ५ वटा संघका पदाधिकारी जतापनि ढल्नसक्ने अवस्थामा रहेका छन । केहि विवादित र केहि नियमित प्रतियोगिता नगरेका संघहरुको सहभागिताले पनि ती संघ जतापनि ढल्नसक्ने अनुमान गरिएको छ । पछिल्लो पटक जीवनरामले आफ्नो पक्षमा २१ देखि २४ भोट निश्चित रहेको भनेर भन्न थालेका छन ।

पिताम्बरको फेरीएको रुप

यसपटकको कार्यसमितीमा एथ्लेटिक्स संघबाट आश्चार्यजनक रुपमा ओलम्पिकको निर्वाचनमा मताधिकार लिएर गएका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना ओलम्पिकमा सहमहासचिवमा निर्विरोध भइसकेका छन । प्रधानमन्त्री केपी ओलीको निकट मानिने तिम्सिना चुनावमा मनोनयन गर्नुभन्दा अगाडी र अहिलको बोली फेरीएको छ । चुनावमा मनोनयन गर्नुभन्दा अगाडी उमेशलाललाई साथ दिने भन्दै आश्वासन दिएका पिताम्बर यतिबेला निर्विरोध भएपछि जीवनरामतीन सर्पोट गर्ने बोलि बोल्न थालेका छन ।

उनले चुनावका बेला मन्त्री, सदस्यसचिवलाई बाहिर पठाउने भन्दै ढुक्क रुपमा अगाडी बढ्न जीवनरामलाई आश्वासन दिन थालेको ती पदाधिकारीले बताए ।

ओलम्पिकमा निर्विरोध भएपछि उनको बोली फेरीएपछि उनलाई तहमा ल्याउन प्रधानमन्त्रीलाई नै कुरा पुर्याउने तयारी एक पक्षको रहेको छ । ओलीले दबाव दिएमा उनी लाइनमा आउने सक्ने भन्दै त्यसो गर्न लागेको हो ।

सुरुवातमा उमेशलालको प्यानलमा भनेर नाम पठाएपनि निर्विरोध भएपछि जता बलियो उतै ढलियो भन्ने भनाई कतै पिताम्बरलाई लागु त भएको हैन, भन्ने संका बढ्न थालेको छ ।

भदौ २० गतेहुने कार्यसमितिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिएको हो । १९ पद मध्ये १७ पदमा निर्वाचन हुने छ ।

अध्यक्षमा २, उपाध्यक्षमा ८, महासचिवमा २, सचिवमा ४, सदस्यमा ८ कोषाध्यक्षमा १ र सहमहासचिवमा १ जनाले उम्मेदवारी दिएका हुन् । २७ मतदाता रहेको ओलम्पिक कमिटीमा २६ जना उम्मेदवारको रुपमा रहेका छन् । यस पटक कुनै पनि पदमा उम्मेदवारी नदिनमो ओलम्पिक कमिटीका पूर्व अध्यक्ष तथा जिम्न्याष्टिक संघका ध्रुबबहादुर प्रधानमात्रै रहेका छन् ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना नेपाल ओलम्पिक कमिटीको उप महासचिव पदमा निर्विरोध चयन भएका छन् । उनी नेपाल एथ्लेटिक्स संघबाट प्रतिनिधिको रुपमा ओलम्पिक प्रवेश गरेका हुन् ।
उप महासचिव तिम्सिनासहित कोषाध्यक्षमा रतनकुमार टण्डन पनि निर्विरोध भए । दावी विरोधको समय सकिएपछि विहीबार उम्मेदवारको नाम सार्वजनिक हुने छ ।

पाँच उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । ज्योती राणा, तेजबहादुर गुरुङ, राजिव श्रेष्ठ, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजबैद्य, अशोक बज्राचार्य, पुष्पदास श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव केशबकुमार विष्टसहित ४ जनाले सचिव पदका लागि उम्मेदवारी दिएका छन् । तुलसी थापा, रामजीबहादुर श्रेष्ठ र दीपकहर्ष बज्राचार्य यस पदका लागि प्रतिस्पर्धामा छन् । सचिव पदमा तीन जना निर्वाचित हुने छन् ।

कार्यसमितिको सदस्य पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । यसबाट ७ जना निर्वाचित हुने छन् । सदस्य पदमा रमेश सिवाकोटी, राम अवाले, दीर्घ केसी, मनोरञ्जनरमण शर्मा, प्रकाश राणा रगोपालसुन्दर लाल कक्षपति, टासी घले र होमबहादुर दोङले उम्मेदवारी दिएका हुन् ।
ओलम्पिक कमिटीको १९ सदस्यीय कार्यसमिति मध्ये १७ जना निर्वाचित हुनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey