Mega Bank

बल्ल सुरू भयाे दशरथ रंगशालाकाे मैदानकाे काम, अब कति दिनमा तयार हाेला ? (भिडियाे रिपाेर्ट)

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०५-१६
  • |
  • 48 पटक हेरिएको

मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको मुख्य प्रतियोगितास्थलको रुपमा रहेको त्रिपुरेश्वर दशरथ रंगशाला मैदानको स्तरोन्नतीको काम शुरु भएको छ ।

सागमा सहभागी २७ खेल मध्ये उद्घाटन र समापन समारोहका साथै एथ्लेटिक्स र फुटबलका खेलहरु रंगशालामा आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । २०७२ सालको महा भूकम्पले क्षतिग्रस्त बनाएको रंगशाला अहिले चीनले पुनर्निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।

भीआईपी तर्फको प्यारापिटमा छानो र सिट हाल्ने काम बाँकी रहेको छ भने साधारण तर्फको प्यारापिटमा सिट हाल्नु पर्ने छ । त्यसका लागि सामाग्रीबारे चीनमै पुगेर राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी लिएर आइसकेका छन् । चीनबाट फर्किए लगत्तै सिलवालले साग आउनु भन्दा अगाडी अर्थात कात्र्तिक मसान्तभित्र रंगशालाको काम पुरा हुने बताएका थिए । रंगशालाको सिट र प्यारापिटका साथै लाइट पनि बनाउनु पर्ने छ । सोही अवसरमा सदस्य–सचिव सिलवालले भीआईपी प्यारापिटको निरीक्षण गर्दै तयारीका बारेमा जानकारी लिएका थिए ।

हेराै रंगशालाकाे नयाँ अपडेटकाे भिडियाे रिपाेर्ट

 

 

भर्खरै

Advertisement