रुपन्देही टि–२० क्रिकेट, उपाधिका लागि शंकरनगर र लुम्बिनी खुकुरी क्रिकेट क्लब भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०७
  • |
  • 234 पटक हेरिएको

चैत्र ७, भैरहवा । भैरहवामा जारी रुपन्देही टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि शंकरनगर क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब भिड्ने भएका छन ।

सिध्दार्थ रंगशालामा भएको पहिलो खेलमा शंकरनगरले देवदह क्रिकेट युनिटलाई २८ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो ।

टस जितेर पहिले ब्याटिङ गरेको शंकरनगरले ७ विकेटको क्षतिमा १ सय ५६ रन बनायो । उसका लागि भीम सार्कीले ६१, संदीप सुनारले ४७ र अजय कौशिल्याले १९ रन बनाए ।

बलिङमा देबदहका कुशल भूर्तेलले ४ तथा संदीप जोराले २ विकेट लिए ।

जवाफमा देवदह ८ विकेटको क्षतिमा १ सय २८ रनमा रोकियो ।  बलिङमा शंकरनगरका तुलबहादुर थापाले ३, संदीप सुनार र सुदन श्रेष्ठले समान २-२ विकेट लिए ।

अर्को खेलमा खुकुरी क्लवले न्यू होराइजन क्रिकेट क्लब बुटवललाई ६ विकेटले पाखा लगायो । टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले ९ विकेटको क्षतिमा १ सय १६ रन बनाएको थियो ।

उसका लागि शक्ति गौचनले २५, राजु शाहनीले २० रन बनाए । बलिङमा खुकुरीका एकलाख अहम्मद र साहव आलमले समान ३-३ विकेट लिए ।

जवाफमा खुकुरीले १९ ओभर दुई बलमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा निश्चल चौधरीले २७, संदीप रजालीले २६ र लालबहादुर अधिकारीले २४ रन बनाए ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार र उपबिजेताले २५ हजार रुपैयाँ पाउँनेछन

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey