Mega Bank

सागका लागि भारत्तोलनका २८ खेलाडी छनोट

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०५-१५
  • |
  • 48 पटक हेरिएको

काठमाडौं, १५ भदौ । आसन्न १३ औं दक्षिण एसियाली खेलकूदका लागि २८ जना भारत्तोलनका खेलाडी छनोट गरिएको छ ।

दशरथ रंगशालाको कभर्डहलमा हिजो र आज भएको प्रतिस्पर्धाका आधारमा खेलाडी छनोट गरिएको छनोट समितिका संयोजक तथा नेपाल भारत्तोलन संघ काठमाडौंका अध्यक्ष विजेन्द्रविक्रम शाहले जानकारी दिए । पहिलो चरणमा १४ जना महिला र १४ जना पुरुष खेलाडी गरि कुल २८ जना छनोट गरिएको शाहले बताए ।

 

छनोट भएका खेलाडीमा महिला तर्फ रिता गुरुङ र हिरामोती चौधरी ४५ केजी, संगीता राई र करिना चौधरी ४९ केजी, सञ्जु चौधरी ५५ केजी, कमला श्रेष्ठ ५९ केजी, देवी चौधरी र शारदा चौधरी ६४ केजी, राजलक्ष्मी थापा ७१ केजी, तारादेवी पुन ७६ केजी, लक्ष्मी वन र मनकुमारी कुमाल ८१ केजी, ८७ केजीमा विद्या राईका साथै ८७ केजी माथिको तौल समूहमा अस्मिता राई रहेकी छिन् ।

यसैगरी पुरुष तर्फ तुलाराम महतो ५५ केजी, राजु चौधरी र मधु लामा ६१ केजी, प्रकाश केसी र जीवन तामाङ ६७ केजी, कमलबहादुर अधिकारी ७३ केजी, विकास थापा ८१ केजी, ओमप्रकाश बैश्य र दिनेश कार्की ८९ केजी, विशालसिंह विष्ट ९६ केजी, सन्देश गुरुङ १०२ केजी, सागर भण्डारी १०९ केजी, पुकार गुरुङ र राजिव महर्जन १०९ केजी माथिको तौल समूहमा छनोट भएका हुन् ।

भर्खरै

Advertisement