न्यु समिटलाई सफलता

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१५
  • |
  • 206 पटक हेरिएको

न्यु समिटले १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार जित हात पारेको छ ।

न्यु समिटले अक्सिडेन्टललाई ३२–१३ ले पराजित ग¥यो । न्यु समिटका सशांकले १४ अंक जोडे । सोही स्पर्धामा अक्षरले सेवा सदनलाई २४–१८, सेन्ट पाउलले मैतीदेवीलाई ७–५ र सूर्योदयले अल्बर्टलाई १६–७ ले हराए । अक्षरका दीपेश जोशीले ८, सेन्ट पाउलका अनिश रोकाले ४ र सूर्योदयका रोमन राईले ६ अंक जोडे ।

जुनियर ब्वाइजमा चैतण्यले अक्षरलाई १०–४ तथा स्पाङगेलले काठमाडौं नेसनल स्कुललाई २४–१६ ले पन्छाए । चैतण्यका विवेक कार्कीले ४ तथा स्पाङगेलका देवेन्द्रले १८ अंक जोडे ।

सिनियर गल्र्समा काठमाडौं जेभियरले विज किड्सलाई १६–९, इनोभेटिभले अक्सिडेन्टललाई २४–१२ तथा अल्बर्टले केइएसलाई ६–४ ले पन्छाए । काठमाडौं जेभियरकी झरना लिम्बूले ७, इनोभेटिभकी सब्यताले ८ र अल्बर्टकी स्वस्तिाका कार्कीले ४ अंक जोडे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal