डिपिएलको टाइसिट सार्वजनिक, उद्घाटन खेलमा सोमपाल र करणकाे टिम भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१८
  • |
  • 219 पटक हेरिएको

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी चैत्र १७ गतेदेखि धनगढी प्रिमियर लिग क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ । जसमा उद्घाटन खेलमा साविक विजेता टिम धनगढी स्टार्स र विराटनगर कि‌ग्सविच प्रतिस्पर्धा हुनेछ । विराटनगरकाे रणनितीक खेलाडी करण केसी हुन भने धनगढीकाे साेमपाल कामी हुन ।

देशका विभिन्न ६ टिमको सहभागिता रहेको प्रतियोगिताको तयारी तिब्र गतिमा अगाडी बढेको छ । दर्शकका लागि अस्थाई प्याराफिट राखिने छ भने पहिलो सस्करणको भन्दा यसपटक प्रतियोगिताको आयोजना फरक रुपमा गर्ने आयोजकको लक्ष्य छ ।

प्रतियोगितामा सहभागि छ वटै टिमले विदेशी खेलाडी अनुबन्ध गर्ने तयारी पनि अन्तिम चरणमा पुर्याएका छन । जसमा विराटनगर किङसले हङकङका दुई खेलाडी ल्याउने तयारी गरेको छ भने अन्य टिमले पनि विदेशी खेलाडी ल्याउने तयारी गरेका छन ।

प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय टिम र पुर्व खेलाडी विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन एक खेल हुने भएपनि दोस्रो दिन देखि लिग चरणमा दुई दुई खेल हुनेछन ।

चैत्र २५ गतेसम्म लिग चरणका खेल हुनेछन । यसअघि फाइनल खेल बैसाख १ गते हुने भनेपनि त्यो सरेर चैत्र ३० गते नै हुनेछ ।

प्रतियोगिताको विजेताले २५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन । यस्तै उत्कृष्ट हुने खेलाडीले एउटा मोटरसाइकल पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey