सागका लागि जुडाेका १८ खेलाडी छनाेट, ११ नयाँ अनुहार

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१५
  • |
  • 348 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागका लागि जुडोका १८ खेलाडी छनोट भएका छन । जसमा सात पुरुष र सात महिला खेलाडी रहेका छन । यस्तै अन्तराष्ट्रिय नियम अनुसार संघले चार जना अतिरीक्त खेलाडीलाई पनि छनोट गरेको छ ।

सागका लागि भएको जुडोको छनोट पार गर्न सफल खेलाडीमा पुरुष तर्फ ६० केजीमुनीको तौल समुहमा नेपाल पुलिसका उमेश मगर, ६६ केजी मुनीको तौलमा इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनीको तौलसमुहमा संजित डंगोलले सागमा स्थान बनाएका छन ।

यस्तै ८१ केजी तौलसमुहमा मनिश महतो ९० केजी मुनीको तौलमा श्रीराम मकाजु, एक सय केजी मुनीको तौलबाट रमेशबहादुर चन्दले स्थान बनाएका छन । छनोट हुने सबै खेलाडी विभागिए टिमका रहेका छन । एक सय केजी माथिको तौलमा राजन जोशीले सागका लागि स्थान बनाए । सात तौलसमुह भएपछि अन्तराष्ट्रिय नियम अनुसार अरु दुई जना खेलाडीलाई राख्न पाउने भएकाले संघले प्रदेश तीनका सुनील नगरकोटी र पवनकुमार श्रेष्ठलाई छनोट गरेको छ ।

यस्तै महिला तर्फ ४८ केजीमूनीको तौलमा सोनीया भट्ट, ५२ केजीमुनीमा एपीएफकी देविका खड्का, ५७ केजी मुनीको तौलमा पुलिसकी मनिता श्रेष्ठ प्रधान, ६३ केजी मुनीको तौलमा पुलिसकी निर्मला घर्तिमगर, ७० केजी मुनीको तौलसमुहमा पुलिसकी विनीता मगर, ७८ केजी मुनिको तौलबाट पुनम श्रेष्ठ, ७८ केजी माथिको तौलबाट आकृती जोशीले सागमा सहभागिता पक्का गरिन ।

महिलामा पनि अतिरीक्त दुई खेलाडीमा ७० केजीमा दोस्रो भएकी निशा चौधरी र ७८ केजी माथिमा दोस्रो भएकी दिपा गुरुङलाई छनोट गरेको छ । सागमा जुडोमा कुल १८ खेलाडी छनोट भएका छन । तर खेलाडीलाई प्रशिक्षणमा स्पाइक गर्न सजिलो होस भनेर संघले अहिले २८ खेलाडीलाई छनोट गरेको छ । जसमा हरेक तौलसमुहको दोस्रो हुने खेलाडीले प्रशिक्षणमा स्थान बनाएको छ । उनीहरु क्याम्पमा प्रशिक्षणका लागि मात्र राखिएको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey