एक्सपर्ट कलेज प्रिमियर लिगको उपाधि गोल्डेनगेटलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०७
  • |
  • 175 पटक हेरिएको

एक्सपर्ट कलेज प्रिमियर लिगको उपाधि गोल्डेनगेट कलेजले जितेको छ । फाइनलमा ब्लुबर्ड कलेजलाई ६२ रनले हराउँदै गोल्डेनगेटले उपाधि उचाल्यो ।

टस जितेर ब्याटिङ गरेको गोल्डेनगेटले २० ओभरमा १ सय ४४ रन बनाएको थियो । उसका लागी रविन्द्र जंग शाहीले ५३ रन र अल्फाज मन्सुरीले ३२ रन जोडेका थिए ।

बलिङतर्फ ब्लू बर्डका शंकर पौडेलले ४ ओभर ३२ रन ४ विकेट लिएका थिए ।

जवाफमा ब्लू बर्ड कलेज १९ ओभरमा मात्र ८२ रनमा अलआउट भयो । उसका लागी दुर्गेश थापाले १८ रन जोडेका  थिए ।

बलिङ तर्फ गोल्डेन गेट कलेजका सोरभ सिहं पेलाले ४ ओभर ११ रन र ३ विकेट लिएका थिए । म्यान अफ द म्याच अल्फाज मंन्सुरी घोसित भएका थिए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey