अनिललाई गृहनगरमा सम्मान

0

चैत्र ७ कलैया । जिम्बावेमा भएको एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेपनि वन डे मान्यता पाएको नेपाली टिमका ओपनर अनिल शाहलाई गृहजिल्लामा सम्मान गरिएको छ ।

जिम्बावेबाट स्वदेश फर्किएपछि अनिल गृहनगर कलैया पुगेका थिए । अनिललाई कलैया क्रिकेट क्लव, कलैयावासी तथा कलैया उपमहानगरपालिकाका मेयर राजेश यादवले स्वागत तथा सम्मान गरे ।

अनिल आउदैछन भनेपनि उनको स्वागतमा सुभचिन्तकको बाक्लो उपस्थिती रहेको थियो । विश्वकप छनोटमा अनिलले नेपालका लागि ओपनिङ गरेका थिए ।

ज्ञानेन्द्र मल्लसँग ओपनिङ गरेका अनिलको प्रदर्शन भने खासै राम्रो हुन सकेन । डिभिजन टु बाट राष्ट्रिय टिममा डेब्यु गरेका अनिललाई फुलमाला लगाएर सम्मान गरिएको हो ।

Post Add 1025X115
Loading...