Mega Bank

झापा स्पोर्टस् अवार्ड असाेज १३ मा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०५-१७
  • |
  • 38 पटक हेरिएको

नेपाल खेलकुद पत्रकार मञ्च ‘एनएसजेएफ’समन्वय शाखा झापाको आयोजनामा हुने ‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण यही असोज १३ गते हुने भएको छ ।

मंगलबार पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गर्नुका साथै अवार्ड सम्पन्न गर्न समितिहरु निर्माण गरिएको जानकारी दिइएको हो । पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा पछिल्लो दुई वर्षदेखि एनएसजेएफ झापाले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुषलाई एक थान मोटरसाइकल, वर्ष खेलाडी महिलालाई एक थान स्कुटर, वर्ष खेलाडी युवालाई नगद २५ हजार, उत्कृष्ट वर्ष प्रशिक्षकलाई नगद २५ हजार, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

कार्यक्रमका लागि अर्जुन राजवंशी सदस्य सचिव रहेको ५९ सदस्यीय ‘मूल आयोजक समिति’ गठन गरिएको छ । अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइन्छ । खेलाडी र प्रशिक्षकको मनोनयन सूची यही भदौ २९ गते सार्वजनिक गरिने मञ्चले जनाएको छ ।

भर्खरै

Advertisement